कृषि

खाद्य स्वच्छता कार्यक्रम हुने

विराटनगर । दशौंं राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा क्षेत्रीय खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालयले पूर्वाञ्चलमा विभिन्न खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम शुरु गर्ने भएको छ ।

“हामी सबैको सरोकार खाद्य शृङखलामा स्वच्छता र गुणस्तर ” भन्ने नाराका साथ देशव्यापीरूपमा आयोजना गरिने कार्यक्रम अन्तर्गत सो कार्यालयले आगामी जेठ २ गतेबाट पूर्वाञ्चलमा विविध कार्यक्रम गर्न लागेको हो ।

कार्यालय प्रमुख प्रमोद कोइरालाका अनुसार सिरहा, सप्तरी, मोरङ, झापा र सुनसरीमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा खाद्य स्वच्छताबारे सचेतना,वक्तृत्वकला, विद्यालय शिक्षा, उपभोक्ता भेला, भन्सार नाकामा सचेतना, उपभोक्तासँग छलफल तथा पर्चा पम्पलेट वितरण, प्रभातफेरी र अन्तरक्र्रिया गरिने भएको छ ।