राजनीति

नेपाली काँग्रेसका प्रदीप पौड्यालले भनेः शिक्षा १ नम्बरमा राखिनुपर्छ

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले अहिलेको सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षा संघ पाँचथरले आज आयोजना गरेको कार्यक्रममा उनले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ भन्दै यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी र राज्यसमेत लाग्नुपर्ने औँल्याए ।