राजनीति

मोदीको नेपाल भ्रमणबारे ओली आज संसदमा बोल्दैँ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली ले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । अहिले केही बेरपछि सुरु हुने बैठकमा मोदीको नेपाल भ्रमणलाई लिएर विभिन्न टकाटिप्पणी भईरहेका बेला यसबारे ओली बोल्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले मोदीको भ्रमणको उपलब्धिबारे थप प्रकाश पार्ने बुझिएको छ ।  मोदी २ दिने भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन् ।