देश

सिन्डिकेट खारेजपछि यात्रुका लागि आयो खुसीको खबर !

काठमाडौं । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केन्द्रीत भएको छ ।

सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो ।

सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारवाही गर्ने विभागले जनाएको छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्छौ ।’

अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारवाही गर्ने गरेको प्रवक्ता अर्यालले बताए ।

विभागले बढी भाडा लिनेमाथि कारबाही गरी १ करोड राजस्व संकलन गरेको छ भने त्यसमध्ये २ लाख ९ हजार असुल उपर गरिसकेको छ । -राजधानी दैनिकबाट