खेलकुद

क्रिकेट प्रेमीका लागि खुसीको खबरः ४५ औं खेलमा(आज) सन्दिपले खेल्न पाउने

काठमाडौं । विश्वको सबैभन्दा महंगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत आजको ४५ औं खेलमा नेपाली खेलाडी सन्दिपले खेल्ने पाउने सम्भावना प्रचुर देखिएको छ । दिल्ली डेयरडेभिल्स र रोयल्स च्यालेन्जर बेंगलोरबीचको खेलमा सन्दिप खेल्ने सम्भावना भएको बताईएको हो ।

नेपाली समय अनुसार राति ८ः१५ बजे प्रतियोगितामा अहिले सम्म कमजोर प्रदर्शन गर्दै आएको दिल्लीले ११ खेलमा मात्र ३ खेल जित्दै ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ भने रोयल्स च्यालेन्जर बेंगलोरको ११खेल खेलदै ३ मा जित निकाल्दै पुछार बाट दोस्रो स्थानमा रहेको छ ।

यो समीकारण संगै दिल्लीको प्लेअफको सम्भावना समाप्त भईसकेको छ । अक्सन मार्फत भारु २० लाखमा सन्दिप लामिछानेलाई किनेको देल्ली डेयरडेभिल्सबाट लामिछानेले अहिले सम्म कुनै पनि म्याच खेल्न पाएका छैनन् । आशा गरौँ आज उनले खेल्न पाउछन् ।