पु.समाचार

मोदीसँग प्रचण्ड र देउवाको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांगेश सभापती शेर बहादुर देउवाले भारतीय भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका मोदीसँग होटल हायात पुगेर प्रचण्ड र देउवाले अलग अलग भेटवार्ता गरेका हुन् ।

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै

मोदीलाई भेट्न कांग्रेस सभापति देउवा पदाधिकारीसहित भेट्न पुगेका थिए भने माओवादी अध्यक्ष प्रचण्डले एक्लै भेटेका थिए । भेटवार्तामा दुईदेशबीच प्रगाढ सम्बन्ध बनाई विकासमा साझेदारीबारे कुराकनी भएको बताईएको छ ।