पर्यटन/संस्कृति

डेढगाउँसम्मको सडकको फाष्टट्रयाक खुल्यो

नवलपरासी । पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ हुँदै डेढगाउँ बुंगदीकालीसम्मको सडकको दु्रतमार्ग खोलिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा हुप्सेकोट र बुंदाकाली गाउँपालिकाको क्रमशः रु ६०÷ ६० लाख खर्च गरेर सडकको द्रुतमार्ग खोलिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।

सो दु्रतमार्ग खोलेपछि पहाडी क्षेत्रको तीन वटा स्थानीय तह हुप्सेकोट बुंगदीकाली र बुलिङ्टार गाउँपालिका (साविक १३ गाविस) का जनतालाई राजमार्ग आउन र उत्पादित वस्तुलाई बजारसम्म ल्याउन निकै सजिलो हुने अपेक्षा गरिएको छ ।

पहाडी क्षेत्रमा सबैभन्दा बढी सडक पूर्वाधारको समस्या रहेकाले सो समस्या केही भए पनि समाधान गर्न र पहाडी क्षेत्रका जनतालाई पनि सदरमुकाम सम्म आउन सजिलो होस् भन्ने उद्देश्यले सो पहाडी क्षेत्रको द्रुतमार्ग खोलिएको हम्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिए ।

पहाडी क्षेत्रको प्रमुख वैकल्पिक बाटोका रुपमा विकाससँगै प्रदेश नं ४ को खोलिएको सो दु्रतमार्ग हँुदै तनहुँ हँदै राजधानी पोखरा पुग्न सबैभन्दा सजिलो र भरपर्दो वैकल्पिक सडकका रुपमा विकास गर्न सकिने अवस्था छ ।