देश

छोटी भन्सार नाकाबाट आयो यस्तो खबर !

कञ्चनपुर । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ ।

७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो । विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ ।

७ नं प्रदेशको राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारतसँगको खुला सीमा नाका रहेको छ ।

बेलौरी भन्सारसँग जोडिएको खजुरियासम्म भारतको नेशनल हाइवे रोड बनिसकेको छ ।

यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गसँग जोड्ने कलुवापुर बेलोरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन् ।

नेपाल तर्फ लामो समयसम्म छोटी भन्सारको नाममा आवश्यक जग्गा, भवनसहितका आवश्यक पूर्वाधार र सडक सञ्जालले जोडिएको खेम सुवेदीले बताए ।

भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा भन्सार कार्यालय खोल्ने वित्तिकै दुईदेशीय भन्सार नाका सञ्चालन गर्न सकिने हुँदा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय प्रधानमन्त्री सक्षम कुरा राख्नुपर्नेमा उनले जोड दिए ।