राजनीति

मोदी पशुपतिमा १ घण्टा ढिलो पुगे, अबको कार्यक्रम के छ ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको भ्रमण सकेर केही ढिलोगरी पशुपतिनाथ पुगेका छन् । मोदी कार्यतालिका भन्दा १ घण्टा ढिलोगरी यहाँ पुगेका हुन् ।

मोदीले अहिले मन्दिरमा पूजाअर्चना गरिरहेका छन् । त्यसपछि काठमाडौं महानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नेपाल पुगेका मोदी अजै स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।