देश

नेपाल भारत बिच भयो यस्तो सहमती !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् ।

समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्रसचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताए ।

‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात राष्ट्रिय दिवस । दुवै देशका परराष्ट्रसचिवले यसमा काम गर्नेछन्,’ शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने । –नागरिक दैनिकबाट