अन्तर्राष्ट्रिय

शान्तिका लागि रेडियो स्टेशनहरू खोलिने

मोगादिसु । सोमालियामा शान्ति प्रक्रियालाई सघाउनका लागि रेडियो स्टेशनहरू स्थापना गरिने भएको छ ।
सोमालिया सरकार र अफ्रिका युनियन मिसन (एमिसन)ले संयुक्त रुपमा तीन क्षेत्रीय राज्यहरुमा सामुदायिक रेडियोहरूको स्टेशन स्थापना गर्ने भएका हुन् ।
आगामी जुन महिनामा स्टेशनहरू स्थापना गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
सोमालियामा रहेको संयुक्त राष्ट्रसंघको सहयोग कार्यालयले रेडियोहरू स्थापनाका लागि सहयोग गर्ने भएको छ ।
सरकारी अधिकारीहरूले बिहीबार बेलुका दिएको जानकारी अनुसार हिर्साबेल्ले, जुब्बाल्यान्ड र दक्षिण पश्चिममा रेडियो स्टेशनहरू स्थापना गर्न लागिएको हो ।