पु.समाचार

भारतीय प्रधानमन्त्री मुक्तिनाथ आउँदै

मुक्तिनाथ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि आउँदै छन् ।

उनको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् ।