साहित्य

दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक

काठमाडौँ । लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक भएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौँद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गरेका हुन् ।

सो अवसरमा साहित्यकार दीक्षितले इन्दिराको नियात्रासंग्रह राम्रो लागेको र आफू पनि पूर्वीय वाङ्मय रुचाउने लेखक भएको बताए ।
कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको विचार व्यक्त गरे ।

समीक्षक डा लेखप्रसाद निरौलाले इन्दिराले मसिनामसिना विषयलाई नियात्रामा समेटेकाले कृति राम्रो रहेको धारणा राखे ।