देश

धर्म ग्रन्थ बेच्न खोज्ने एक समुह प्रहरी फन्दामा

काठमाडौं । कानून विपरित धर्म ग्रन्थहरुको बिक्री वितरण गर्ने एक समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरातात्विक महत्वका प्राचीन बुद्ध धर्मग्रन्थ एबं ऐतिहाँसिक धर्मग्रन्थहरूको बढि मूल्यदरमा विक्रीवितरण गर्ने समूहलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्दिय्र अनुसन्धान व्युरोको टोलीले हस्तलिखित ग्याथम्पा नामक बौद्ध धर्मग्रन्थ सहित ५ जनालाई राजधानीको सातदोबाटोबाट पक्रेको हो । पक्राउ पर्नेहरुमा किप्पा भुटिया, घ्याम्छो लामा, जयराज आचार्य,जयराज आचार्य र पुस्कर मैनाली (शर्मा) रहेका छन् ।

५ जनालाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट आज म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको छ ।