देश

नेता घिमिरेको निधनप्रति दुःख

काठमाडौँ । नेपाली काँग्रेसले धनकुटा निवासी काँग्रेस नेता एवं धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसले आज विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ । केही दिनदेखि निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित घिमिरेको आज ७० वर्षका उमेरमा निधन भएको हो । घिमिरेले काँग्रेसले सञ्चालन गरेको हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको पार्टी कार्यालयले जनाएको छ ।