अन्तर्राष्ट्रिय

वर्षाका कारण १८ को ज्यान गयो

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो । इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट पं्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।

यसैगरी दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ ।

गोदावरी नदीमा सवार सो डुङ्गामा एक सय जना व्यक्ति रहेका अधिकारीले जनाएका छन् । यस दुर्घटनाको विस्तृत विवरण र हताहतको कुनै समाचार भने प्राप्त नभएको जनाइएको छ । -रासस÷सिन्ह्वा