अन्तर्राष्ट्रिय

ट्रम्प र किम भेट्ने डेट फिक्स

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुने भएको छ ।

ट्रम्प र किम केही समयअघिसम्म एकअर्काका दुश्मन थिए र युद्धको धम्की दिँदै आएका थिए । तर, अब एकअर्कासँग भेट्न र कुुराकानी गर्न सहमत भएका छन् ।

ट्रम्पले ट्वीट गरेका छन्, ‘९उत्तर कोरियाका नेता० किम जोङ उन र मेरोबीचमा हुने जुन भेटको प्रतिक्षा भइरहेको छ, यो १२ जूनमा सिंगापुरमा हुनेछ । हामी दुबैको प्रयास हुनेछ कि यो भेट विश्व शान्तिका लागि महत्वपूर्ण क्षण हुनेछ ।’

यसअघि उत्तर दक्षिण कोरियाको सीमामा रहेको गैरसैनिक क्षेत्रमा भेट हुन अनुमान थियो । तर, केहीले त्यहाँ जानु उत्तर कोरिया जानु सरह हुने तर्क गरे ।

अहिले रोजिएको स्थान सिंगापुर तटस्थ छ । उसको कोरियाली प्रायद्वीपमा कुनै स्वार्थ छैन । सिंगापुरलाई लिएर उत्तर कोरिया तनावमुक्त छ र अमेरिकाको पनि पुरानो मित्रता छ । -एजेन्सी