समाचार

मोदी काठमाडौंमा, अबको कार्यतालिका यस्तो !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ उत्रेका छन् । मोदी जनकपुरबाट सिधैँ काठमाडौं आएका हुन् ।

काठमाडौं त्रिभुवन विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका छन् ।

शुक्रबार बिहान जनकपुर आएका मोदीले जनपुरधाममा पूजाअर्चना र नागरिक अभिनन्दन समेत गरेका छन् । मोदी राजधानीकोे हायाथ होटलमा बस्ने कार्य्रकम रहेको छ भने द्धारिका होटलमा आज साझँ ओली मोदी वान टु वान वार्ता हुनेछ ।

साथै, मोदीलाई राजधानीमा नागरिक अभिनन्दनसँगै सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिने कार्यतालिका रहेको छ । मोदी भोली मुक्तीनाथको दर्शन गरी स्वदेश फर्किनेछन् ।