राजनीति

महिला संघको कार्यसमिति विस्तार

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले पदाधिकारी र सदस्य मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ ।

महिला संघका अध्यक्ष उमा रेग्मीले आज संघको विधानअनुसार उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावत मिश्रलाई मनोनयन गर्नुभएको हो । मनोनयन भएका तिवारी र मिश्र संघको निर्वाचित केन्द्रीय सदस्य हुन् ।

अध्यक्ष रेग्मीले आजै संघका महाधिवेशन प्रतिनिधिमध्येबाट छलीकुमारी शर्मा उपाध्याय, कमला भट्ट, गंगा अवाल, नारायणी रायमाझी र मैया बस्नेतलाई संघको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।