पु.समाचार

मोदीलाई झन्डै डेढ क्विन्टलको मालासहित भव्य नागरिक अभिनन्दन, केही बेरमा काठमाडौं झर्दै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन सम्पन्न भएको छ । त्यहाँको बाह्र बिगाहमा नागरिक अभिनन्दन सम्पन्न भएको हो ।

अभिनन्दनपछि प्रदेश नंं. २ का मुख्यमन्त्री लालबाबु रावतले उनलाई झन्डै डेढ क्विीन्टलको माला लगाईदिएका छन् । मोदीलाई मन्त्री रावतले १२१ किलोको माला लागाएका छन् ।

अभिनन्दन कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु ईश्वर पोखरेल, गिरिराजमणी पोखरेल, मात्रिका यादव लगायत प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

उनको नागरिक अभिनन्दनको कार्यक्रम हेर्नका लागि अभिनन्दनस्थलमा हजारौं मानिस सहभागी भएका छन्। अभिनन्दनपछि मोदी काठमाडौँ आउने कार्यक्रम छ ।