समाचार

प्रधानमन्त्री ओलीलाई मोदीले भाईसाब भनेपछि…

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा सम्बोधनका कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई मेरे भाई साव भन्दै धन्यवाद दिएका छन् । आफ्नो स्वागतका लागि उनले भाईसाब भन्दै ओलीलाई धन्यवाद दिएका हुन् ।

ओलीले त्यसअघि सम्बोधन गर्दै भनेका थिए, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’