प्रदेश 2

मोदी भ्रमणको लागी जनकपुरमा सुरक्षा ब्यबस्था कडा, उनलाई हेर्न सर्बसाधारणको भीड

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द् मोदी केहीबेरमा जनकपुर आउदैछन् । धार्मिक भ्रमणका लागी नेपाल आएका प्रधानमन्त्री मोदीको सुरक्षाका लागि चार तहबाट उच्च सुरक्षा प्रदान गरिएको छ भने अर्कोतिरबाट मोदीलाई हेर्न उल्लेख्यमात्रामा सर्बसाधारणको भीड लागेको छ ।
१०.१५ बजे हेलिकप्टरबाट जनकपुर बिमानस्थलमा ओर्लनेछन्, केहीबेरको बिश्रामपछि उनी रामजानकी मन्दीरमा पुजाआजा गर्ने कार्यक्रम छ, उक्त कार्यक्रमको समापन पश्चात प्रधानमन्त्री मोदीलाई रगंभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । करिब एक घण्टाको अभिनन्दन कार्यक्रमपश्चात प्रधानमन्त्री मोदी सोही हेलिकप्टेरमार्फत काठ्माण्डौ फर्किने कार्यक्रम छ ।

भारतीय लगायतका अन्तर्राष्ट्रिय मिडीयाहरुको समाचार संकलनको लागी जनकपुर र काठ्माण्डौमा नै भीड लागेको छ ।  मोदी भ्रमणको सुरक्षाका लगी जनकपुरमा मात्र ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।