आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु ईन्स्योरेन्सबिच सम्झौता

कठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनीबिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।

यस सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन ।

यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त उक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको बैंकका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।