मनोरञ्जन

“मेरो संसार उज्यालो ” बजारमा (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” बजारमा आएको छ । माया प्रेमलाई समेटी तयार पारिएको गीत लोकप्रिय सामाजिक सञ्जाल मार्फत युट्युबमा आएको हो ।

मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको गितमा निकै मार्मिक रुपमा समेटिएको छ ।

धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना रहेको गितको भिडियोलाई सागर गौतमले खिचेका छन् भने सम्पादन दिपक बिष्ट ले गरेका छन् । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा सागर थापा र लिला गिरी को अभिनय देख्न सकिन्छ ।

मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको यो भाकाले केही हदसम्म भएपनि संरक्षमा मदत पुर्याउने विश्वास गरिएको छ ।