मनोरञ्जन

भाइरल ब्याई अशोकको गीतले हंगामा मच्चायो, १ दिन नबित्दैँ भयो यस्तो !

काठमाडौं । केही समय अघि युट्युबमा भाईरल बनेका अशोक दर्जीको पहिलो गीतले तहल्का मच्चाएको छ । सार्वजनिक भएको १ दिन नबित्दै युट्युब ट्रेन्डिङको १ नम्बरमा परेको हो । भाइरल व्वाई अशोक दर्जिले गाएको पहिलो गीत ‘मन बिनाको धन’ ले यूट्यूवमा तहल्का मच्चाएको छ ।

बुधबार दिउसो १ बजे गीत अपलोड भएको थियो । त्यसयताको २० घन्टामा यो गीतलाई ८ लाखभन्दा बढि पटक हेरिएको छ । यसैगरी गीतमा ११ हजार पाँच सयभन्दा बढि कमेन्ट आएका छन् ।

अधिकांस कमेन्टहरु तारिफले भरिएका छन् । शब्द, संगीत र स्वर तीनै पक्षलाई मन पराइएको छ । साथै दुरदराजको प्रतिभालाई काठमाण्डुसम्म ल्याएर सबैसामु पस्किएकोमा टंक बुढाथोकी र डिजे रुपकलाई पनि धन्यवाद दिइएको छ । यो समाचार तयार पार्दासम्म गीतले ७७ हजारभन्दा बढि लाइक पाएको छ ।