आर्थिक

एनएमबिले ईसिमोडसँग सहकार्य गर्ने

काठमाडौं । एनएमबि बैकले ईसिमोडसँग सँग सहकार्य गर्ने भएको छ । नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक समृद्धिका लागि ईसिमोडसँग सहकार्य गर्ने भएको हो ।

सम्झौतापत्रमा आज ईसिमोडको कार्यालय धापाखेलमा बिशेष पत्रकार सम्मेलन आयोजना गरेर बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र ईसिमोडका डाईरेक्टर जर्नल डा. डेभिड मोल्डेनले सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

सम्झौताको मुख्य उदेश्य दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने रहेको छ ।

सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ ।

एनएमबि बैकले “समृद्ध नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।