राजनीति

महासचिव शाहीले प्रधानमन्त्रीलाई लम्पसारवादी भन्दै ५ प्रश्न  तेस्र्याए !

काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्र जंग शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादीको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ओलीलाई लम्पसारवादी भन्दै प्रश्न तेस्र्याएका हुन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीलाई ५ वटा प्रश्न गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण देखि ओलीले भाषणमा गरेका कुराहरुलाई समेटेर प्रश्न गरेका छन् । उनले ओलीलाई सोधेका प्रश्नहरु यस्ता छन्ः

१. नाकाबन्दी गरेर नेपाली जनतालाइ पीडा दिने नरेन्द्र मोदि लाई नाकाबन्दी गरेको उपलक्ष्यमा उल्टै सम्मान स्वरूप नागरिक अभिनन्दन किन ?

२. तपाईको नक्कली रास्ट्रवाद लम्पसारबादमा परिणत भयको हो यस्तो नौटन्की किन ?

३. निर्वाचन अगाडि भारत लाई दुस्मनको रूपमा गालीको वर्षा गर्ने अनि अहिले भारतकै गुलामी किन ?

४. चाइना बाट आउने तपाईंको रेल कहाँ पुग्यो ?

५. घरघरमा आउने ग्यासको पाइप कहाँ सम्म पुग्यो ?