राजनीति

सरकार बिस्तारै अधिनायकवादतर्फ अघि बढ्दैछः डा कोइराला

पथरी, मोरङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले ओली सरकारका कारण देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् ।

सुन्दर हरैंचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए ।

वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गरे ।