समाचार

काठमाडौं आसपासमा कण्डमबाट रक्सी बनाउने गरेको सनसनी पूर्ण खुलासा

काठमाडौं । घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम प्रयोग गर्ने गरेको पाईएको छ । राजधानीको विभिन्न स्थानबाट बरामद गरिएको मदिरामा कण्डम प्रयोग भएको पाइएको हो । घरेलु मदिरा उत्पादनका लागि जम्मा पारिएको भाँडोभित्रको कच्चा पदार्थमा कण्डम पनि भेटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार यसअघि जुत्ता, चप्पल, महिलाले प्रयोग गर्ने भित्री वस्त्र फेला पथ्र्यो, ‘यस पटक एउटा भाँडोमा रहेको कच्चा पदार्थमा अस्थायी साधन कण्डमको पोको नै देखियो । ’

राजधानीको बौद्ध, कपन, नयाँबसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वर र बालाजुलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको २४ हजार लिटर दूषित कच्चा पदार्थ बिहीबार टेकुस्थित प्रहरी परिसरभित्र खाल्डोमा पोखेर नष्ट गरिएको छ ।

शुद्धता मापन नगरिएको रक्सी मानव स्वास्थ्यका लागि बिष सरह मानिन्छ ।