मनोरञ्जन

भाईरल अशोक दर्जीको पहिलो म्यूजिक भिडियो बाहिरियो(भिडियोसहित)

काठमाडौँ । केही समय अगाडी युट्युबमा भाईरल बनेका बालगायक अशोक दर्जीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत बुधबार सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रमकाबीच अशोक दर्जीको पहिलो गीत सार्वजनिक गरिएको छ । दर्जी गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ । म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।

भिडियो:-