राजनीति

नेविसंघको विवाद चरम उत्कर्षमा, बबन्डर हुने डरले कार्यक्रम नै रोकियो

काठमाडौं । नेपाली कांग्रेशको भाृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को कार्यक्रम नै स्थगित भएको छ । राजधानीको सुन्दरीजलस्थित बिपी कोईराला संग्रालयमा संघका दुई गुटको विवाद चरम उत्कर्षमा पुगेपछि अलग अलग कार्यक्रम भएपनि शीर्ष नेताले सम्बोधन विनानै कार्यक्रम सकिएको हो ।

नेविसंघको संस्थापन र अर्को पक्षको विवादका कारण तय गरिएको कार्यक्रम एउटै स्थानमा अलग अलग मञ्च बनाएर गर्ने तयारी गरिएको थियो । कार्यक्रममा झडप हुने सम्भावना बढेपछि कार्यक्रम नै स्थगित गर्नुपरेको स्रोतले बतायो ।

संस्थापनईतर महासचिव कुन्दन काफ्ले समूहले अध्यक्ष नैनसिंह महरमाथि विधान मिचेको आरोप लगाउदैँ आएको छ ।