देश

ब्राउन सुगरसहित ४ जना प्रहरी फन्दामा

काठमाडौं । राजधानीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । राजधानीको नयाँ बसर्पाकस्थित सोमबार आकाशेपुलमूनि अवैध रुपमा बा्रउन सुगर विक्रिवितरण गरिरहेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा ३० बर्षिय पंकज पुरी, १८ बर्षिय प्रदिप लामिछाने, ४७ बर्षिय किरण श्रेष्ठ र २८ बर्षिय थिर बहादुर बस्नेत रहेका छन् । उनीहरुको साथबाट १३.५ ग्राम र १ लाख ३० हजार बरामद गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।