राजनीति

एउटै ठाउँमा नेविसंघका दुईटा कार्यक्रम, विद्यार्थी अन्यौलमा

काठमाडौं । नेपाली कांगेश निकट विद्यार्थी संगठन(नेविसंघ)ले राजधानीको सुन्दरीजलमा कार्यक्रम गर्न लागेको छ । नेविसंघका दुई छुट्छुट्टै गुटले अलगअलग मञ्चको निर्माण गर्दै अलगअलग कार्यक्रम गर्न लागेका हुन् ।

दुई गुटले सुन्दरीजलस्थित वीपी कोइराला संग्रहालयभित्र अलग-अलग प्रशिक्षण कार्यक्रम सुरु गरेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् । दुई गुटको कार्यक्रम एउटै समय र स्थानमा हुने भएपछि सुरक्षालाई मध्यनजर गर्दै तिन ट्रक प्रहरी परिचालन गरिएको बताईएको छ ।

कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

यसैबीच, पार्टी सभापती शेरबहादुुर देउवाले दुवै पक्षका नेतालाई आफ्नो निवासमा बोलाएर विवाद मिलाउने प्रयास गरेका छन् तर सफल भएको छैन् ।