आर्थिक

अर्थमन्त्रीले प्रि-बजेट संसदमा पेश गर्दै

काठमाडौं, बैशाख २६ । अर्थमन्त्री डा। युवराज खतिवडाले आज प्रि–बजेट पेश गर्ने भएका छन् । संघीय संसदमा खतिवडाले आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेका बेला प्रि बजेट प्रस्तुत गर्न लागेका हुन् । सरकार आर्थिक वर्ष २०७५र०७६ को बजेटको तयारीमा जुटेको छ ।

बुधबार बस्ने बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गरिने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

अर्थमन्त्री डा।खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दिगो विकास लक्ष्य प्राप्ति, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरेको बताईएको छ ।