आर्थिक

देवान भन्छन्, ‘मेरो थकाली रेष्टुरेण्टलाई सबैले माया गर्नुभएको छ,

काठमाण्डौ । राजधानीमा लोकप्रीय रहेका थकाली ब्राण्डका होटल तथा रेष्टुरेण्टहरुको होडमा प्रदीप देवानले हनुमानस्थानमा एउटा थकाली रेष्टुरेण्ट खोलेका छन् । ईलामका देवानले खोलेको काठमाण्डौको मुटुको थकाली राम्रोसंग चलेको छ । श्रीमती र एक छोरासंग काठ्माण्डौमा बस्दै आएका देवान आफू थकाली खानाको ग्राहक भएका कारण थकाली होटल खोलेको बताउछन् ।

तपाईलाई मनागं र मुस्तागंका थकालीहरुले अप्ठ्यारो पार्दैनन् ? भन्ने प्रश्नमा देवान भन्छन्, “मेरा थकाली साथीहरु धेरै हुनुहुन्छ, होटल चलाउने साथीहरुसमेत हुनुहुन्छ उहाँहरुले मलाई माया नै गर्नुहुन्छ, फेरी थकाली खाना भनेको एउटा ट्रेड मार्केट हो ।” उनी थप्छन्, ‘राम्रो खाना, सफा खाना, सूपथ मूल्यमा खुवाउने गरेका छौं, ग्राहकहरुले राम्रो मानेर खान आउनुहुन्छ खुसी लाग्छ ।’

रेडियो नेपालमा संगीतीक क्षेत्रमा ०४२ सालमा काम गरेका देवानले केही दर्जन गीतहरु समेत गाए । काठमाण्डौमा गीत रेकर्डिगं स्टुडियो समेत चलाएका देवानले होस्तल लयायतका ब्यवशाय पनि गरे ।

०५४ बर्षीय देवान ईलाममा जन्मिएपनि मामली भारतको कालेगंपुंग भएका कारण एस्एलसी सम्मको शिक्षा उतै लिए । सानैदेखी गायन क्षेत्रमा रुची राख्ने भएकाले अवशरका लागी समेत बुबाआमा उदयपुरको गाईघाटमा बसाई सरेपनि काठ्माण्डौ बस्न थाले ।

डेढ बर्षदेखी ८० हजार प्रतिमहिना भाडा तिर्दै राम्रो खाना ख्वाउने प्रण गरेका देवानकोे रेष्टुरेण्टमा सिंहदरबारका सचिब, सहसचिब लगायत बिशिष्ट कर्मचारीहरु ग्राहकको रुपमा आउछन् ।

होम डेलिभरीको समेत ब्यबस्था भएको रुफ टप थकाली भान्सा एण्ड रेष्टुरेण्ट नाम रहेको रेष्टुरेण्ट हेर्दा बस्ने ठाँउसमेत भेटिदैन ।

खाना सर्भिस गर्दै अर्पु खालिगं