आर्थिक

सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चार दोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।

उनले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवा मुखी वनाउने कुरामा जोड दिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राजपौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए ।

कम्पनिले शाखाको आरम्भपछि जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

साथै कम्पनीले यसअघि बजारमाप्रचलित सावधिक, अग्रीमभुक्तानीतथाआजीवनबीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहक वर्गलाइ जीवन बीमा सेवा प्रदानगर्ने लक्ष्य लिएको छ