स्वास्थ्य

सावधान ! हर्टअट्याक हुनुभन्दा पहिले शरीरले दिन्छ यस्ता संकेत !

काठमाडौं । भनिन्छ हाम्रो शरीरले केही न केही कुराको संकेत केही समयअघि नै दिएको हुन्छ । तर हामी त्यो संकेतका बारेमा बारेमा अनविज्ञ रहेमा भविष्यमा हुने घटनाको बारेमा केही थाहा पाउँदैनौ तर हाम्रो शरीर मस्तिष्क या अन्य कुनै अंगले विभिन्न कुराको संकेत दिइरहेकै हुन्छन् । आजभोली हृदयघात हुनेहरुको संख्या विस्तारै बाक्लिदै गएको छ ।

यो समस्या जुनसुकै उमेरसमूहका मानिसमा पनि देखिन थालेको छ । यो रोग मृत्युसँग बढी निकट रहेको कारण पनि अलि बढी भयानक छ । रोग लाग्नु भन्दा पहिले त्यसका लक्षण देखिन्छन् ती लक्षणहरुलाई ख्याल गरेमा हामी भविष्यमा हुने दुर्घटनाबाट सजग बन्न सकिन्छ । हाम्रो शरीरमा हर्टअट्याकको समस्या हुँदा निम्न लक्षणहरु देखा पर्छन् ।

अन्य भागमा पीडा छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो । सास लिन अप्ठ्यारो सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ । पाचनतन्त्रमा गडबडी पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ । आत्तिने लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो । गोडा फुल्ने मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो । ढुकढुकी बढ्नु धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् । -एजेन्सी