आर्थिक

ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल बीच सम्झौता

काठमाण्डौ । ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल बीच मंगलबार ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत  अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु मझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।