आर्थिक

बजाज आरइ महा टेष्ट ड्राइभ मेला बिर्तामोडमा सम्पन्न

काठमाडौं । बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न भएकोे छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्धेश्यका साथ बैशाख २२ गते झापाको दमकमा मेला सम्पन्न भएको हो ।

कलाकारहरुले यही बैशाख १९,२० र २१ गते बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । उक्त नाटकमा बजाज आरइको बारेमा, बजाज आरइको उद्देश्यको बारेमा र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।

विश्वको प्रमुख थ्रि ह्वीलर आरइले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरइ बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको हो ।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिन देखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको छ । यसले ग्राहकको चाहनालाई सार्थक पार्दछ । कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो ।

स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । महा टेष्ट ड्राइभ मेलामा नेपाली लोकप्रिय गायक शिव परियारले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए । नेपाली लोकप्रिय गायिका मीना निरौलाले विपन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्थानीय अन्य कलाकारहरुको समेत भव्य प्रस्तुति रहेको थियो । स्थानीय बासीले कार्यक्रमलाई एउटा उत्सबको रुपमा मनोरञ्जन लिएका थिए ।

बजाज आरइले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो । कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे र बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा ५ वटा लक्कि ड्र गरिएको थियो ।

त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । झापा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला झापाको आधिकारिक बिक्रेता श्री हलेशी ट्रेड लिंकको सहयोगमा सम्पन्न भएको थियो ।

केहि समय अगाडी मात्र बजाज आरइले स्वरोजगार ¥याली आयोजना गरेको थियो । जो सरहानियको थियो । यो ¥यालीले पूर्व पश्चिम राजमार्गमा २८ दिनसम्म यात्रा गरेको थियो जून यात्रा बिर्तामोडबाट शुरु भएको थियो र महेन्द्रनगरमा समापन भएको थियो ।

बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ ।