समाचार

अवैध कल वाईपासमा सिआईबीले मार्यो छापा, शुक्ला र मगराती समातिए

काठमाडौँ । अबैध अन्तराष्ट्रिय कल बाईपासमा केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले छापा मारेको छ । ब्यूरोद्धारा सञ्चालित अपरेसन भोईस फक्स अन्तर्गत खटिएकोे टोलीले सोमबार राजधानीका २ होटलमा छापा मारेको हो ।

काठमाडौँ महानगरपालिका स्थित होटल स्टार गेज र कागेश्वरी मनोहरा नगरपालिकाको शान्तिदीप स्थित भोजराज भोला राजव गौतमको घरका अवैध रुपमा सञ्चालनमा रहेको कल बाईपासमा संलग्न २ जनालाई टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको मध्यप्रदेश बस्ने विवेश शुक्ला र सिन्धुलीका लालबहादुर मगराती रहेका छन् । उनीहरुलाई दूर सञ्चार ऐन २०५३ अनुसार काठमाडौँं जिल्ला अदालतमा अनुसन्धान थालिएको छ ।

२४ बर्षिय शुक्ला र २५ बर्षिय मगरातीको साथबाट ३२ पोर्टको भिओआईपी गेटवई १ थान, कालो डिनस्टार लेखिएको १६ पोर्टको भिओआईपी पोर्ट एक थान, १ थान निलो १६ पार्टको भिओआईपी गेटवे , १ थान ऐको चार्जर, १ थान POELON Connector, राउटर थान २ TP Link को , १ थान TP Link को सानो राउटर, १ थान Airtel 4 G Internet Modem, ४ थान VIVO V9 Golden Black Mobile set , २ थान खैरो ब्याग बरामद गरिएको छ ।

पक्राउ परेका मगराती र शुक्लाले क्रमशः १८ महिना जेल भुक्तान गरीसकेको र बर्दियाको गुलरियामा केही महिना यता अवैध भिओआईपी सञ्चालन गरी काठमाडौँलाई कार्यक्षेत्र बनाएको सिआईबीको अनुसन्धानबाट खुलेको छ ।

हालसम्म १२६ नेपाली र ३२ विदेशी गरी १५८ अवैध भिओआईपी बिरुद्द कारवाहीमा व्युरोले पक्राउ गरिसकेको छ ।