कृषि

कृषि महोत्सव सम्पन्न

सुर्खेत । जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल पार्ने आधार बनेको उनको भनाइ थियो ।

“महोत्सवबाट कर्णालीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुगेको छ,” उनले भने ।

पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताए।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)ले महोत्सवबाट सोचेभन्दा बढी उपलब्धि भएको बताए । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले सबै गाउँपालिकाको कला संस्कृतिलाई उजागर गर्न महोत्सवले सघाएको प्रतिक्रिया दिए ।

महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले मत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटहोकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको बताए । एक लाख नागरिकले महोत्सवको अवलोकन गर्नाका साथै रु एक करोड ६० लाख कारोवार भएको उनले जानकारी दिए ।