स्वास्थ्य

रेडक्रस तथा रेडक्रिसेण्ट दिवस विश्वभर आज मनाईदैँ

काठमाडौं । मंगलबार विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको १९० औं जन्मदिवस । यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मे ८ नेपालमा पनि “रेडक्रस: सबै ठाउँमा, सबैकालागि” (Everywhere for everyone) भन्ने नाराका साथ देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंदैछ ।

विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ४० लाख स्वयंसेवकहरुले पु¥याइ आएकोे विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रुपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदछ ।

“नेपालकाधेरै साना, अत्यन्तदुर्गम गाउँदेखि ठूला शहरका समुदायहरुमै रहेर हाम्रा स्वयंसेवकहरुले सेवा पु¥याउँछन्,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने “हाम्रा सेवाहरु स्थानीय आवश्यकतामा आधारित छन् र स्थानीय परिवेश सुहाउँदो सेवा प्रदान गरिन्छ ।”

“आफ्नो समय र विशेषज्ञताका साथदेशभरि सेवा पु¥याउने हाम्रा स्वयंसेकहरुलाई एकै स्वरमा धन्यवाद दिन आज अन्तर्राष्ट्रिय रेडक्रस अभियानका निकायहरु एकै ठाउँमा छौं” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने ।

नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार लगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्यप्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण जस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करीव २४ लाख जनता समक्ष पुग्छ । हाम्रायस्ता ९० भन्दा बढी प्रकारकाविकास तथा सेवामूलक गतिविधिहरुले जनतालाई विपद् पूर्वतयारी, विपत्तिको सामना र पुर्नलाभ प्राप्त गर्न सहयोग पुगेको छ ।

रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिकप्रकोप र अन्यआकस्मिक परिस्थितिमादशौं लाखप्रभावितजनतालाई सेवा पु¥याइरहेको छ ।

१९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविधप्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदानगर्ने सेवा पनि विविध छन् ।

स्थानीय स्तरका गतिविधिहरु सञ्चालनका लागि आईसीआरसी र आईएफआरसीका साथै विश्वर रहेका साझेदार भगिनी राष्ट्रिय सोसाइटीहरु र स्थानीय साझेदारहरुको सहयोग रहन्छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापाले भने–“तपाईंहरु प्राकृतिकप्रकोप, स्वास्थ्य समस्या, सशस्त्र संघर्ष र हिंसाका साथजहाँ,  जसरी बसिरहनुभएको भएपनि सहयोगकालागिहामीतपाईंका साथ छौं ।”

रेडक्रस अभियानले हालसम्म नेपाल सरकार, सर्वसाधारण र विभिन्न सरोकारवाला सँघसँस्थाबाट प्राप्त सहयोगप्रति नेपाल रेडक्रसले धन्यवाद ज्ञापन गरेको छ ।

हाल विश्वभरी १९० वटै देशमा रेडक्रसका निकायहरु रहेका छन् ।