आर्थिक

कोकाकोलाको १३२ बर्षे रिफ्रेसमेन्ट यात्राको नालीबेली

काठमाडौं, बैशाख २४ । कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ बर्ष पुरा गरेको हो । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।

आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा युनिक छ , र यसले आफ्ना विश्वभरिका उपोभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ ।

डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ । भनाई छ , डा पेम्बर्टनले योसको सृजना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी. क्याण्डलरले गरेका हुन् ।

आजको दिनमा विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ । नेपालमा पनि कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो ।

अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ । कोकाकोला कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

नेपालमा कोकाकोलाले व्यवसायमा स्थिरतलाई नै मान्यता लिएर अगाडि बढेको छ । कोकाकोला नेपालले नेपालमा रहेका बिभिन्न सरकारी अर्धसरकारी र समुदायसँग ‘गोल्डेन त्रिकोण’को अबधारण निर्माण गरि काम गर्दै आएको छ । यस्ता कार्यक्रम मार्फत साझेदारी गरि सरकारी तथा गैरसरकारी संस्था, समुदायलाई सक्रिय रुपमा सहयोग गर्दै सकारत्मक प्रभाव पुर्याउने प्रतिवद्धता जनाउँदै आईरहेको छ । कम्पनीले जलस्रोत, खानेपानी, सामुदायिक विद्यालयमा संचालित ‘वास’(wash) कार्यक्रम, फोहोर संलकन तथा महिला शक्तिकरण जस्ता कार्यक्रमलाई अगाडि बढाउँने योजना समेत बनाएको छ ।

बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्ने भन्नुहुन्छ:

कोकाकोलाको १३२ औं वार्षिकोत्सवमा हामि हाम्रा ग्राहकसंग उनीहरुको प्रिय ब्रान्ड प्रतिको उनीहरुको स्नेह मनाउँदै छाँै । नेपालले हामीलाई ४ दशक देखि माया गरिरहेको छ र यो खुशीको क्षण नेपालीहरुसंग मनाउन पाउँदामा म निकै हर्षित महसुश गरिरहेको छु । हामी हाम्रा नेपाली ग्राहकहरुलाई यो यात्राको लागि हृदय देखिनै धन्यबाद दिन चाहनछौं ।’

कोकाकोला कम्पनीका कन्ट्रि डाइरेक्ट अम्बुज सिंहले सबै संस्कृति, जिवनशैली तथा पृष्ठभुमिका उपभोक्ताले कोकाकोला ब्राण्डलाई निकै नै माया दिएको बताउँदै उपभोक्ताको चाहानालाई पुरा गर्ने प्रतिबद्धता रहेको धारणा व्यक्त गरे ।

यस कार्यक्रमका अलवा, कम्पनीले नेपालको मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चलका ६ जिल्लाका महिलालाई मध्यनजर गर्दै RAP 3 Connect (IMC worldwide) कार्यक्रम ल्याएको छ । कोलाकोलाले यस अभियानमा, RAP 3 मार्फत कनेक्ट गरि उत्पादन गरिएको बस्तुको व्यापारका लागि बजारमा पुर्याउन सहयोग पुर्याउँछ । कोलाकोलाले ‘हाम्री दिदी’ अभियान मार्फत ४०० जना महिलालाई दुई समुहमा बाँडेर प्रशिक्षण दिईने बताईएको छ । कोलाकोलाले ९ मे मा नेपालगञ्जमा तथा १६ मेमा धनगढीमा उक्त प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

साथै कोकाकोला कम्पनीले ‘हाम्री दिदी’को RAP 3 Connect अभियानमा 5by20 योजना तालीम प्रदान गर्नेछ । 5by20  मार्फत कोकाकोला कम्पनीले २०२० सम्म पाँच लाख बढि महिलालाई उद्यमशील बनाई आर्थिक शसक्तिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।