समाचार

मोदीका कारण मुस्ताङमा लाग्ने भयो नाकाबन्दी !

काठमाडौं । झन्डै २ दिन मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाईने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भ्रमणको कार्यतालिका अनुसार २ दिन पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेशमा नाकाबन्दी जस्तै भएको हो ।

जिल्ला प्रशासन कार्यायलयले मोदीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २ दिन पदयात्री लगायत सर्वसाधारणको आवागमनलाई रोक्ने निर्णय गरेको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी सूचनामा भनिएको छ, मनाङ जिल्लाबाट थोरङला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरुलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय भएको साथै मुक्तिनाथ दर्शनका लागि बेनी जोमसोम हुँदै आउने यात्रुहरु एवम् हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुहरुलाई यही वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको हुँदा सोही अनुसार गर्नु–गराउनुहुन अनुरोध छ ।