प्रवास

जनसम्पर्क समिति कोरियाको सभापतीमा मल्ल, महामन्त्रीमा थापा

काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको पाचौँ महाधिवेशन सम्पन्न भएको छ । १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनबाट सभापतीमा आस्था बिन्दु मल्ल, उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहाल, सुवास योगी, महामन्त्रीमा कुमार थापा, सहमहामन्त्रीमा मित्रबन्धु काफ्ले, कोषाध्यक्षमा केपी चौलागाई र सदस्यहरुमा योगेन्द्र भट्टराई, मनोज थापा, पुष्कर राज भट्ट, रत्न लिन्थेप, ध्रुब पाण्डेय, सिताराम तिमल्सिना, खेम राज देवकोटा रहेका छन् ।

नवनिर्वाचित प्रतिनिधीहरुले समितिले दक्षिण कोरियामा कार्यरत नेपालीका हकहितका निमित्त काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

महाधिवेसन कार्यक्रममा नेपाली कांग्रेशका नेता गगन थापा, पार्टी केन्द्रिय सदस्य गोविन्द्र भट्टराई लगायत विशिष्ट व्यक्ती तथा अन्य विभिन्न क्षेत्रका पदाधिकारीहरुको पनि सहभागिता थियो ।