आर्थिक

एनआईसी र रेमिटवेयर बिच रेमिटेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र रेमिटवेयर भुक्तानी संस्थान बीच रेमीटान्स सम्झौता भएको छ । क्यानडा र अमेरिकाबाट आउने रेमिटेन्सको सुरुवात गरिएको हो ।

बैंकले यस सम्बन्धमा रेमिटवेयर भुक्तानी संस्थानसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट बैशाख १९मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौता अनुसार रेमिटवेयर भुक्तानी मार्फत क्यानडा र अमेरिकाबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिन्छ ।

एनआईसी २०० शाखा कार्यालयहरु, २०० एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।