मनोरञ्जन

रेखाको मालिकाको सुट बालुवाटारबाट सुरु, ओलीको मुख्य भूमिका

काठमाडौं । रेखा थापाको निर्देशनमा मालिकाको शुभ मूहर्त गरिएको छ । रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’को छायाँकन सोमबार सुरु भएको हो । फिल्मको बालुवाटारबाट सुरु गरिएको नायिका, निर्मात्री एवम् निर्देशक रेखा थापाले बताईन् ।

‘करिब दश दिनको काठमाण्डौंको सुटिङपछि हामी बाहिर निस्किन्छौं’, रेखाले भनिन् , ‘राजधानीपछि मालिकाको कोहलपु र जाजरकोटमा छायाँकन हुनेछ ।’

‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । ‘मालिका’लाई लक्ष्मी पूजा अवसर पारी रिलिज गरिने बताईएको छ ।