देश

प्रधानसेनापति र जापानी राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपालका लागि जापानी राजदूत एचई मसासी ओग्वासँग शिष्टाचार भेटवार्ता भएको छ । जापानी राजदूत ओग्वा र प्रधानसेनापति क्षेत्रीबीच सोमबार जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति क्षेत्री र महामहिम ओग्वाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।