समाचार

यातायात व्यवसायीको हुँकारः दुर्घटना भए यात्रुको उपचार गर्न सक्दैनौँ

काठमाडौं । यातायात व्यावसायीले सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका छन् । यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नबेहोर्ने बताएका हुन् ।

बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताउदैँ नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’

सरकारले नयाँ बसपार्कबाट हटाएको टिकट काउन्टरबाट यात्रुलाई हुने असहजताको जिम्मेवार हुनु पर्ने उनको भनाई छ ।