समाचार

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रण

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन जंगलमा डढेलो लगाई, वन्यजन्तु वन वनस्पतिमा नोक्सान पु¥याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन सबैलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ ।

डढेलो हाकुबेँसीको त्रिशूली नदी आसपासबाट शुरु भएको थियो । डढेलोबाट २० देखि २५ हेक्टर जंगल नोक्सान भएको बताइएको छ । चराचुरुङ्गीले फूल पार्ने र बच्चा कोरल्ने बेला भएकाले बढी मात्रामा पक्षी मरेका छन् भने वनस्पतितर्फ स–साना बोट बिरुवा नोक्सान भएको रेञ्जर बस्नेले बताए ।